वीरगन्ज :

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.1kViews
1097 Shares

काठमाडौं,०१ असार । नेपालमा सक्रिय मनसुनी प्रणाली र अन्य स्थानीय मौसमी प्रभावका कारण आज देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रहरूमा मनसुनी वायुले प्रभाव जमाएको छ। त्यसैगरी देशको पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको पनि प्रभाव देखिएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा तथा बाँकी प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ।

रातको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा सम्भावित छ। गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *