वीरगन्ज :

ट्रयाक्टर दुर्घटना चालकको मृत्यु

श्रेणी : मधेस

3 months
Pradeep Sah
2.2kViews
1263 Shares

रौतहट,३१ जेठ । रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा शुक्रबार भएको एक ट्रयाक्टर दुर्घटनामा चालकको ज्यान गएको छ।

वृन्दावन नगरपालिका–७ स्थित हुसेनी चोक र आकरपाथर जोड्ने भित्री सडकमा ट्रयाक्टर पल्टिँदा २४ वर्षीय नजामोदिन मन्सुरीको गम्भीर घाइते अवस्थाबाट उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।

चन्द्रपुर अस्पतालमा उपचार गराइरहेका मन्सुरीलाई बचाउन नसकिएको अस्पताल स्रोतले बताएको छ। उनी उक्त ट्रयाक्टरका मालिक समेत रहेको प्रहरीले जनाएको छ।

दुर्घटना मन्सुरीले आफैं चलाइरहेको ना ४ त २०६८ नम्बरको ट्रयाक्टर खेतबाट सडकमा ल्याउने क्रममा अगाडिको भाग उठेर अचानक पल्टिँदा भएको हो।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *