वीरगन्ज :

विद्यालयको कम्प्युटर चोरीमा संलग्न तीन युवक पक्राउ

श्रेणी : अपराध

3 months
Pradeep Sah
3.1kViews
1831 Shares

रौतहट,२७ जेठ । रौतहटको कटहरिया नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालयमा कम्प्युटर चोरी गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सोही स्थानका मुकेश दास, राधेश्याम दास र राजु दास रहेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार उनीहरूलाई चोरीको आरोपमा नियन्त्रणमा लिइएको हो। अदालतबाट म्याद थप गरी उनीहरूविरुद्ध चोरी मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

गत शनिवार राति विद्यालयको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फोडी डेल कम्पनीको कम्प्युटर सेट चोरी गरिएको थियो। घटनापछि अनुसन्धान अघि बढाएको प्रहरीले आइतवार साँझ आरोपी राजु दासको घरमा छापा मार्दा चोरी भएको कम्प्युटरसहित पहिले चोरी भएका केही अन्य सामानसमेत फेला पारेको बताएको छ।

श्री माध्यमिक विद्यालय भासेढवामा यसअघि पनि दुई पटक चोरी भएको थियो। विद्यालयका प्रधानाध्यापक राम मङ्गल यादवका अनुसार २०७७ र २०८१ सालमा कम्प्युटरलगायतका सामग्री चोरी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *