वीरगन्ज :

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.4kViews
1164 Shares

जनकपुर,२५ जेठ । बर्दियामा छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। बाँसगढी र गुलरियामा भएको घटनामा ५७ वर्षीय एक किसान र २१ वर्षीय एक युवकको मृत्यु गएको हो।

बाँसगढी नगरपालिका–९ माछागढका राजेन्द्रजंग शाह आइतबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका थिए। आफ्नै खेतमा मोटरको सहायताले धानको बीउमा सिँचाइ गर्ने क्रममा बिहान सवा ७ बजे करेन्ट लागेको परिवार स्रोतले जनाएको छ। तत्कालै कोहलपुरस्थित मेडिकल कलेज लगिएको भए पनि बिहान ८ बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

त्यस्तै, गुलरिया नगरपालिका–१२ भैसाहीका वीरेन्द्र थारुको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको छ। बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा भीमबहादुर दर्जीको घर निर्माणको क्रममा काम गरिरहेका थारुलाई रड सिधा पार्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट लागेको थियो। करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई बर्दिया अस्पताल लगिएको थियो, तर अस्पतालमा डाक्टरले मृत घोषित गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *