वीरगन्ज :

बकर ईद सामाजिक सद्भाव र समावेशिताको पर्व हो : मुख्यमन्त्री सिंह

श्रेणी : धर्म संस्कृति

2 months
Pradeep Sah
2.2kViews
1322 Shares

जनकपुर,२४ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा मुस्लिम समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शनिबार जारी सन्देशमार्फत मुख्यमन्त्री सिंहले धार्मिक, सांस्कृतिक र जातीय विविधताले भरिएको मधेस प्रदेशमा बकर ईदजस्ता चाडपर्वहरूले आपसी समझदारी, सहकार्य र सामाजिक सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

“धार्मिक तथा सांस्कृतिक चाडपर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा योगदान पुर्‍याइरहेका छन्,” सन्देशमा भनिएको छ, “बकर ईदले हामी सबैमा दया, सहिष्णुता र सहअस्तित्वको भावना बलियो बनाओस् भन्ने शुभकामना व्यक्त गर्दछु।”

मुख्यमन्त्री सिंहले बकर ईदले समाजमा भाइचारा, सामाजिक न्याय र समावेशिताको सन्देश फैलाउने उल्लेख गर्दै पर्वको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि मंगलमय शुभकामना दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *