वीरगन्ज :

भारतबाट फर्किएका तीन जनामा कोरोना पुष्टि

श्रेणी : BANNER

12 months
Pradeep Sah
3.1kViews
1139 Shares

धनगढी,२२ जेठ । भारतबाट घर फर्किरहेका तीन जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ। दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किँदै गरेका ती यात्रुहरू कैलालीको त्रिनगर सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणमा पोजिटिभ भेटिएको हो।

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बुधबार परीक्षण गरिएका ३६ जनामध्ये ३ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये दुई पुरुष र एक महिला छन्।

केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार संक्रमितमध्ये ३२ वर्षीय एक पुरुष अछामको ढकारी गाउँपालिका, २४ वर्षीया महिला धनगढी उपमहानगरपालिका र २० वर्षीय युवक कञ्चनपुरको पुनर्वास नगरपालिका घर भएका हुन्।

तीनै जनामा ज्वरो र रुघाखोकीको लक्षण देखिएको जनाउँदै जोशीले भने, “उनीहरूलाई होम आइसोलेसनमा राखिएको छ।” संक्रमण कुन प्रकारको हो भन्ने पत्ता लगाउन पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको छ।

स्वास्थ्य अधिकारीहरूले भारतबाट फर्किनेहरूमा संक्रमणको जोखिम कायमै रहेको भन्दै सीमा नाकामा सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, नयाँ भेरियन्टको आशंका भएकाले परीक्षणको नतिजा आएपछि थप निर्णय हुने जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *