वीरगन्ज :

अवधेशकुमार झा मुख्यमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.7kViews
1597 Shares

जनकपुर,२१ जेठ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुभवी पत्रकार अवधेशकुमार झालाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ निवासी झालाई मंगलबार नियुक्त गरिएको हो।

झा पछिल्लो २५ वर्षदेखि मधेश क्षेत्रको राजनीति, समाज र जनजीविकाका विषयमा सक्रियताका साथ पत्रकारिता गर्दै आएका छन्। मुख्यमन्त्री सिंहले झाको दीर्घ अनुभव र मधेश विषयमा गहिरो पकडले सरकार र सञ्चार माध्यमबीचको समन्वय सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

नियुक्तिपछि झालाई पत्रकार, राजनीतिकर्मी, सञ्चारकर्मी तथा सामाजिक अगुवाहरूबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ। आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रेस सल्लाहकारको रूपमा झाले मुख्यमन्त्री सचिवालय र जनसञ्चार क्षेत्रबीच सेतुको काम गर्ने, सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी ढंगले पुर्‍याउने र सञ्चारसँग सुमधुर सम्बन्ध बनाउने जिम्मेवारी पाउनेछन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *