वीरगन्ज :

सांसद पटेलको पहलमा पर्सामा डोकैला–कोइलाभार सडक कालोपत्रे हुँदै

श्रेणी : मधेस

2 months
Pradeep Sah
1.7kViews
1310 Shares

बीरगन्ज,२० जेठ । मधेश प्रदेशका सांसद श्याम पटेलको विशेष पहलमा पर्सा क्षेत्र नम्बर २ ‘क’ मा एक महत्वपूर्ण सडक आयोजनाको काम अघि बढ्ने भएको छ। ‘एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम’ अन्तर्गत डोकैला बहुअरीदेखि कोइलाभार मन्दिरसम्मको सडक अब कालोपत्रे गरिने भएको हो।

यो आयोजनाका लागि १७ करोड ७६ लाख ४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। सडक डोकैला बहुअरीबाट सुरु भई चैनपुर, एकटाँगा हुँदै बागवाना कोइलाभार मन्दिरसम्म पुग्नेछ।

सांसद पटेलले यस सडक सिफारिस गरेर आफू विकासप्रति कति गम्भीर छन् भन्ने सन्देश दिएका छन्। स्थानीयको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै उनले यो योजना अघि सारेका हुन्।

“सडक बनेपछि गाउँका जनतालाई हिँडडुलमा सहजता त आउनेछ नै, साथै धार्मिक स्थल कोइलाभार मन्दिरसम्मको पहुँच पनि अझै सहज हुनेछ,” स्थानीय समाजसेवी रामउदय रायले भने।

सडक निर्माणपछि स्थानीय आर्थिक गतिविधि र पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। कोइलाभार मन्दिरसम्म सहज पहुँच कायम हुँदा धार्मिक पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ।

सांसद पटेलले भने, “स्थानीय पूर्वाधार निर्माण र जनताको जीवनस्तर उकास्न म सधैँ क्रियाशील छु। यो सडकले पर्साका ग्रामीण क्षेत्रलाई आधुनिक सञ्जालसँग जोड्नेछ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *