वीरगन्ज :

उपकार सेवा नेपालद्वारा वृद्ध–वृद्धा आश्रममा मासिक सहयोग

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.5kViews
1382 Shares

बीरगन्ज,१९ जेठ । समाजसेवामा सक्रिय संस्था उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्ग, मानसिक रुपमा कमजोर, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकालाई लक्षित गर्दै मासिक सहयोग कार्यक्रम अन्तर्गत जेठ महिनाको सामग्री हस्तान्तरण गरेको छ।

यसपटकको सहयोगमा ३० किलो चामल (१ बोरा), १० किलो स्वाबिन, १ बोरा चिउरा, नून, सर्फ, साबुन र ५ लिटर फिनाइल लगायतका दैनिक आवश्यक वस्तुहरू प्रदान गरिएको संस्थाले जनाएको छ।

एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले ती सामग्रीहरू आश्रमका प्रतिनिधि राम बहादुर थिङ्गलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

उपकार सेवा नेपालले समाजका विपन्न, असहाय र सहयोगबाट बञ्चित वर्गलाई लक्षित गर्दै मासिक रूपमा सहयोग वितरण गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *