वीरगन्ज :

मधेसमा विपद् व्यवस्थापनका लागि स्वयंसेवक तयार गर्दै सशस्त्र प्रहरी

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.7kViews
1268 Shares

बीरगन्ज,१९ जेठ । आउँदो मनसुनको समयमा संभावित बाढी, डुबान, पहिरो लगायतका प्राकृतिक विपद्को प्रभाव न्युनिकरण गर्न सशस्त्र प्रहरी बलले मधेस प्रदेशभर उद्धार स्वयंसेवक तयारी अभियान सुरु गरेको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालका अनुसार, मधेस प्रदेशका ८ वटै जिल्लामा स्थानीय पालिकासँग सहकार्य गर्दै विपद् उद्धारमा खटिनसक्ने स्वयंसेवकहरूलाई २१ दिने विशेष तालिम दिइँदैछ।

हालसम्म पाँच जिल्लामा १३९ जनालाई तालिम सुरु गरिएको छ। रौतहटमा ३८, महोत्तरीमा २६, सर्लाहीमा २५, धनुषा र सप्तरीमा २५–२५ जनालाई तालिम दिइँदैछ। बाँकी बारा, पर्सा र सिरहा जिल्लामा पनि छिट्टै २५–२५ जनाका समूहलाई तालिम दिने तयारी भइरहेको ढकालले बताए।

ढकालका अनुसार मधेस प्रदेश प्राकृतिक तथा मानवजन्य प्रकोपका दृष्टिले संवेदनशील क्षेत्र भएकाले मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न समयमै जनशक्ति तयार पार्न खोजिएको हो।

तालिम सकेपछि प्रशिक्षित स्वयंसेवकहरू सशस्त्र प्रहरीको उद्धार टोलीसँगै विपद् व्यवस्थापन कार्यमा खटिने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *