वीरगन्ज :

अनुशासनहीनता रोक्न कानुन व्यवसायीमाथि निगरानी कडा बनाउने विधेयक : मन्त्री चौरसिया

श्रेणी : मधेस

1 month
Pradeep Sah
1.7kViews
1565 Shares

काठमाडौँ,१९ जेठ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायीबाट हुने अनुशासनहीन कामलाई रोक्नका लागि सरकारले विधेयक ल्याएको बताएका छन् ।

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि प्रारम्भिक छलफल सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले कानुन व्यवसायीले आफ्नो पक्ष बाहेकको अर्को पक्षसँग कुनै साँठगाँठ गर्ने वा गोप्य कुरा तथा सूचना अरूलाई प्रवाह गरेमा कारबाही गरिने व्यवस्था विधेयकमा गरिएको बताए ।

कानुन व्यवसायीले अनुशासनहीन काम गरेको पाइए लाइसेन्स निलम्बनसहितका कारबाही गर्ने व्यवस्था विधेयकमा रहेको मन्त्री चौरसियाले बताए ।

विधेयकमा अधिवक्ताहरूले लिने शुल्कलाई वित्तीय संस्थामार्फत पारदर्शी रूपमा लिने व्यवस्था गरिएको छ । कानुन व्यवसायीबाट हुने अनुशासनहीन कामहरूलाई पनि रोक्ने प्रयास गरिएको छ । कुनै कानुन व्यवसायीले आफ्नो पक्ष बाहेकको अर्को पक्षसँग कुनै साँठगाँठ गरेर वा कुनै गोप्य कुरा, सूचना अरूलाई प्रवाह गरेमा त्यसको अनुशासनहीनता सम्बन्धमा पनि नियन्त्रण गर्ने प्रयास गरिएको छ,मन्त्री चौरसियाले भने, ।

कानुन व्यवसायीले त्यस्तो गरेमा उसको लाइसेन्स निलम्बन गर्ने, कारबाही गर्ने व्यवस्था गरिएको छ र कानुन व्यवसायीहरूमाथि पनि हुने अमर्यादित व्यवहारलाई पनि कारबाही गर्ने व्यवस्था गरिएको छ ।

विधेयकमा वरिष्ठ अधिवक्ता हुन पुरानै व्यवस्थालाई निरन्तरता दिइएको पनि मन्त्री चौरसियाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *