वीरगन्ज :

बीरगन्जबाट हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.6kViews
1369 Shares

बीरगन्ज,१९ जेठ । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा पर्सा प्रहरीले बीरगन्जबाट तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई ठूलो मात्राको नगद रकमसहित नियन्त्रणमा लिइएको हो।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार बीरगन्ज महानगरपालिका अन्तर्गत परवानीपुर क्षेत्रबाट पक्राउ परेका तीन जनाको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ नगद फेला परेको छ। प्रारम्भिक अनुसन्धानबाट यो रकम हुण्डी कारोबारसँग सम्बन्धित भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

हाल तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। उनीहरूको विस्तृत विवरण सोधपुछको क्रममा गोप्य राखिएको बताइएको छ।

घटनाको सम्बन्धमा थप जानकारी दिन सोमबार पत्रकार सम्मेलनको तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *