वीरगन्ज :

पर्सा रङ्गपुर प्रहरी चौकीद्वारा लागू औषधविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.3kViews
1403 Shares

बीरगन्ज,१२ जेठ । पर्साको रङ्गपुर प्रहरी चौकीले लागू औषधको दुष्प्रभाव र त्यसबाट जोगिने उपायबारे जनचेतना फैलाउने उद्देश्यले एक कार्यक्रम सम्पन्न गरेको छ। प्रहरी चौकी रङ्गपुरका प्रमुख प्रहरी सहायक निरीक्षक रामपुकार चौधरीको नेतृत्वमा यो कार्यक्रम सम्पन्न गरिएको हो।

“समुदाय–प्रहरी साझेदारी“ अभियान अन्तर्गत सञ्चालित यस कार्यक्रममा रङ्गपुर टोलका स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, अभिभावक तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई लागू औषधको लतले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे विस्तृत जानकारी गराइएको थियो। साथै, युवाहरूलाई लागू औषधबाट जोगिन र यसको रोकथाममा प्रहरीलाई सहयोग गर्न आग्रह पनि गरिएको थियो।

प्रहरी सहायक निरीक्षक चौधरीले लागू औषध रोकथाममा प्रहरी मात्र नभई स्थानीय समुदायको सक्रिय सहयोग आवश्यक रहेकोमा जोड दिए। उनले यस्ता जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *