वीरगन्ज :

स्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
1.7kViews
1783 Shares

कपिलवस्तु,१० जेठ । सीमावर्ती शहर कृष्णनगरबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले शुक्रबार साँझ करिब साढे पाँच बजेतिर कृष्णनगर नगरपालिका–३ स्थित ट्रान्समिटर क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।

भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० निवासी ४३ वर्षीय रामकुमार तोलाङी पक्राउ परेका हुन्। उनले बोकेको झोलाभित्र प्लास्टिकमा बेरिएको अवस्थामा भारतीय ५ सय दरका नोटहरू फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए।

बरामद गरिएको रकम नेपालमा कानुनी रूपमा प्रयोगमा प्रतिबन्धित ५ सय दरका भारतीय नोट रहेको प्रहरीले जनाएको छ। स्रोत नखुलेको रकमसहित पक्राउ परेका तोलाङीलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *