वीरगन्ज :

जनकपुरधाममा नवनियुक्त र पूर्व मन्त्रीबीच भेटवार्ता

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.6kViews
1857 Shares

जनकपुर,१० जेठ । मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमा नेतृत्व परिवर्तन भएसँगै नवनियुक्त मन्त्री सञ्जयकुमार यादवले निवर्तमान मन्त्री त्रिभुवन साहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

शनिबार बिहान जनकपुरधामस्थित निवर्तमान मन्त्री साहको निजी निवासमा भएको यस भेटलाई मन्त्रालयको भावी कार्यदिशाका लागि महत्त्वपूर्ण मानिएको छ। भेटका क्रममा नवनियुक्त मन्त्री यादव र निवर्तमान मन्त्री साहबीच हार्दिकतापूर्वक बधाई तथा शुभकामना आदानप्रदान भएको थियो। दुई मन्त्रीहरूले मन्त्रालयले हालसम्म सम्पन्न गरेका कामहरू र आगामी दिनमा अघि बढाउनुपर्ने योजनाहरूबारे विस्तृत छलफल गरेका हुन्।

निवर्तमान मन्त्री साहले आफ्नो कार्यकालमा थालनी गरिएका विभिन्न योजना र कार्यक्रमहरूलाई निरन्तरता दिँदै समयमै सम्पन्न गर्न नवनियुक्त मन्त्री यादवलाई विशेष आग्रह गरे। उनले मन्त्रालयको दिगो विकास र कार्यसञ्चालनमा आपसी समन्वय र सहकार्यको आवश्यकतामा जोड दिए। साहले आफ्नो अनुभव र कार्यकालका चुनौतीहरू पनि यादवसँग बाँडेको स्रोतले बताएको छ।

नवनियुक्त मन्त्री सञ्जयकुमार यादवले निवर्तमान मन्त्री साहप्रति आभार व्यक्त गर्दै मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी र कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले साहले अघि बढाएका राम्रा कामहरूलाई निरन्तरता दिने र मधेस प्रदेशको वन तथा वातावरण क्षेत्रको संरक्षण तथा विकासका लागि थप सक्रिय भूमिका निर्वाह गर्ने संकेत दिएका छन्।

यो भेटले मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमा पुरानो र नयाँ नेतृत्वबीचको सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *