वीरगन्ज :

बाराबाट करिब ३ करोड बराबरका अवैध सामानसहित ट्रक पक्राउ

श्रेणी : अपराध

1 year
Pradeep Sah
2.5kViews
1483 Shares

बीरगन्ज,०९ जेठ । बारा जिल्लाको पथलैयाबाट करिब ३ करोड रुपैयाँ बराबरका इलेक्ट्रोनिक सामग्री बोकेको एक ट्रक प्रहरीले पक्राउ गरेको छ। ट्रक बीरगन्जबाट कास्की जाँदै गरेको थियो।

प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षक (सई) बब्बी बम्जनको नेतृत्वमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा ट्रक नम्बर ना ५ ख ९१४९ लाई रोकेर चेकजाँच गरेको हो।

जाँचको क्रममा ट्रकमा लोड गरिएका सामग्रीको बिल शंकास्पद देखिएपछि प्रहरीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको हो। ट्रकमा रहेको सामानमध्ये प्रमुख रूपमा नोकिया र वर्ल्ड लिंक कम्पनीका १७,२७० थान इन्टरनेट राउटर छन्, जसको अनुमानित मूल्य रु २ करोड ७० लाख ५६ हजार ३०८ रहेको जनाइएको छ।

हाल पक्राउ परेका सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया मा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *