श्रेणी : प्रदेश
      3.0kViews
      
      
      1564
      Shares
      
      
हेटौंडा,०८ जेठ । मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी एक महिला बाघको आक्रमणबाट घाइते भएकी छन्।
४० वर्षीया फूलमाया चेपाङलाई बिहीबार दिउँसो बाघले आक्रमण गर्दा उनी घाइते भएकी हुन्। उनको हाल मनहरीस्थित एक अस्पतालमा उपचार भइरहेको छ। गर्दन र गालामा गम्भीर चोट लागेकी फूलमायाको अवस्था खतरामुक्त रहेको बताइएको छ।
फूलमायासहित चार जना महिला घाँस काट्न जंगल गएका थिए। प्रहरीका अनुसार आक्रमणको बेलामा अन्य महिलाले चिच्याउँदा बाघ जंगलतिर भागेको थियो।
वन क्षेत्रसँग नजिक रहेको बस्तीका स्थानीय यस घटनापछि त्रसित बनेका छन्। सुरक्षा सावधानी अपनाउन वन डिभिजन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया