वीरगन्ज :

बीरगन्जमा चट्याङ लागेर १५ वर्षीय बालकको मृत्यु

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.7kViews
1500 Shares

बीरगन्ज,०७ जेठ । बीरगन्ज महानगरपालिका–३२ स्थित टेढा गाउँमा बुधबार बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ। मृतक १५ वर्षीय शिवशंकर माझी सोही स्थानका भगन माझीका छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहान करिब ४ बजेतिर घरमै सुतिरहेका बेला शिवशंकरलाई अचानक चट्याङ लागेको थियो। चट्याङ लागेपछि उनले सास फेर्न गाह्रो महसुस गरे र घरबाट निस्किए। करिब १४–१५ कदम अघि बढेपछि उनी लडेर बेहोस भएका थिए।

घटनास्थलमै पुगेका गाउँका स्वास्थ्यकर्मीले उनलाई जाँच गर्दा शिवशंकरको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ। उनकाे शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, बीरगन्जमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *