वीरगन्ज :

सरकारको जनताको आवश्यकता पूरा गर्ने संकल्प साकार हुँदै : मन्त्री यादव

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.5kViews
1099 Shares

काठमाडाैं,०६ जेठ । मन्त्री प्रदीप यादवले सरकारको “जनताको आधारभूत आवश्यकता पूरा गर्ने” उद्देश्य प्रगतिको क्रममा रहेको दाबी गरेका छन्। मंगलबार यहाँ सालकोटमा सम्पन्न बृहत खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले सुरक्षित खानेपानीले जनजीवनमा ठूलो सकारात्मक प्रभाव पर्ने बताए।

मन्त्री यादवले भने, “यो आयोजनाले स्थानीय बासिन्दालाई स्वच्छ र पर्याप्त पानीको सहज पहुँच सुनिश्चित गर्नेछ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक विकासमा थप प्रगति ल्याउनेछ।”

खानेपानीको अभावका कारण समस्यामा परेका नागरिकहरूको समस्या समाधान गर्दै सरकारले खानेपानी आयोजनामा विशेष प्राथमिकता दिइरहेको उनको भनाइ थियो। उनले थपे, “हामी सबै टोलीसहित देशका विकट तथा ग्रामिण क्षेत्रहरूमा पुगेर खानेपानी समस्या समाधानमा लागिरहेका छौं।”

खानेपानीजस्तो आवश्यक सेवालाई जनताको पहुँचमा पुर्‍याउनु सरकारको प्रमुख प्राथमिकता रहेको र योजनाहरू निर्माण मात्र होइन प्रभावकारी कार्यान्वयनमा समेत कडा ध्यान दिइरहेको मन्त्री यादवले बताए।

कार्यक्रममा सालकोट बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम निउर, संघीय सांसद हृदयराम थानी, पूर्वसांसद नवराज रावत, कर्णाली प्रदेशका सांसद विन्दमान विष्ट, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामुकमार श्रेष्ठ, र प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायलगायतको उपस्थिती थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *