वीरगन्ज :

जेठ १५ देखि सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने, दमनलाई अवसर नदिने लिङ्देनको घोषणा

श्रेणी : BANNER

12 months
Pradeep Sah
1.9kViews
1550 Shares

काठमाडाैं,०६ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गतेबाट सुरु हुने आफ्नो पार्टीको आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण र अनुशासित हुने स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै उनले सरकारलाई हिंसात्मक प्रतिक्रिया जनाउने कुनै अवसर नदिइने बताएका हुन्।

“आन्दोलन हाम्रो नियन्त्रणमा हुनेछ, र कुनै पनि किसिमको हिंसात्मक गतिविधि हुन दिइने छैन,” लिङ्देनले भने। उनले मानव अधिकार आयोगलगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई आन्दोलनको अनुगमन गर्न समेत आग्रह गर्ने जानकारी दिए।

अध्यक्ष लिङ्देनले आन्दोलनलाई ‘भद्र अवज्ञा’ र ‘सत्याग्रह’ को माध्यमबाट अघि बढाइने उल्लेख गरे। “हामीले यो आन्दोलनलाई निष्कर्षमा पुर्‍याएरै छाड्नेछौं,” उनको दृढ भनाइ थियो।

पछिल्ला दिनहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा दिएको एक अभिव्यक्तिको प्रत्युत्तर दिंदै लिङ्देनले कटाक्ष गरे—”सम्झौता गर्न नचाहने, तर भाग्न पनि नसक्नेहरूलाई हामी हेलिकप्टरको व्यवस्था गरिदिन्छौं।”

सभामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले आन्दोलनलाई जनस्तरसम्म लैजाने योजना सुनाए। “हामी जनताको घर–घरमा पुगेर हाम्रो एजेन्डाबारे जानकारी गराउँछौं। अबको आन्दोलनमा अग्रपंक्तिमा केन्द्रीय नेताहरू रहनेछन्,” थापाले भने।

उनले आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने दोहोर्‍याउँदै आम नागरिकहरूलाई ढुक्क भएर सहभागिता जनाउन आग्रह गरे। “जनताको बृहद उपस्थिति र समर्थनबाटै भ्रष्ट शासकहरूलाई पराजित गर्दै हाम्रो एजेन्डा स्थापित गराउनेछौं,” अध्यक्ष थापाको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *