वीरगन्ज :

मिटरब्याजपीडितको सिंहदरबार प्रवेशमा रोक

श्रेणी : अर्थ

2 months
Pradeep Sah
1.6kViews
1621 Shares

काठमाडौं,०५ जेठ । मिटरब्याजको पीडामा परेका किसान–मजदुरहरूले अनसन र आन्दोलन गर्दै आइरहेका बेला सोमबारका लागि तय गरिएको महत्वपूर्ण भेटवार्ता सरकारको असहयोगका कारण प्रभावित भएको छ। सिंहदरबारमा आयोगसँगको भेटका लागि गएका प्रतिनिधि टोलीलाई आइतबार गेटमै रोकिएको हो।

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरको संगठन ‘मिटरब्याजपीडित आन्दोलन नेपाल’ का प्रवक्ता निर्ग नवीनका अनुसार, आयोगले पठाएको प्रवेश पास लिएर आइतबार दिउँसो २ बजे प्रतिनिधि टोली सिंहदरबार पुगेको थियो। तर पनि अजय कार्की, आदित्य राम, विशाल राणा क्षेत्री र अन्य सदस्यलाई गेटमै रोकिएको उनले बताए।

“हामीले आयोगलाई खबर गर्‍यौं, गृह मन्त्रालयमा खबर गर्न भनियो, तर सातपटक फोन गर्दा पनि गृह प्रवक्ताले रिस्पोन्स दिएनन्,” नवीनले भने, “योजना बनाएर भेटवार्ता रोक्ने प्रयास गरिएको छ।”

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले भने सुरक्षा मापदण्डअनुसार आवश्यक कागजात नहुँदा समस्या आएको दाबी गरे। “उहाँहरूलाई पास दिइएको थियो, तर परिचयपत्र साथमा थिएन,” तिवारीले भने, “कार्डबिना कसरी छिर्न दिने?”

तर प्रवक्ता नवीनले यसअघि परिचयपत्र नभए पनि नागरिकता विवरण मन्त्रालयले स्वीकृत गरेको उदाहरण दिँदै यो ‘बहाना’ मात्रै भएको बताए। “भोलिको भेटमा सीमित संख्या मात्र प्रवेश पाउने भनिएको छ, तर देशभरबाट आएका ३३ जनालाई छिर्न नदिएर जनताकै आवाजलाई दबाउने प्रयास भइरहेको छ,” उनले आरोप लगाए।

नवीनका अनुसार, पछिल्लो समय राज्यले मिटरब्याजपीडितहरूलाई नै धरपकड गर्न थालेको छ। उदाहरणस्वरूप, धनुषामा एक साताभित्र उजुरी दर्ता गराएका ८१ जना संघर्ष समितिका सदस्यहरूलाई उल्टै पक्राउ गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *