वीरगन्ज :

लागुऔषध र हुण्डी कारोबारमा संलग्न ५ जना पक्राउ

श्रेणी : अपराध

7 months
Pradeep Sah
2.4kViews
1247 Shares

जनकपुर,०५ जेठ । सिरहा प्रहरीले लागुऔषध खैरो हिरोइन र अवैध हुण्डी कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ५५ लाख रुपैयाँभन्दा बढी नगद र २०१ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।

लहान नगरपालिका–२२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी २६ वर्षीया बहिनी किरणकुमारीलाई वैशाख २ गते लहान–१२ स्थित भोटिया टोलबाट पक्राउ गरिएको हो। प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, दिनेश यादव यसअघि पनि लागुऔषध कारोबारमा संलग्न भई जेल सजाय भोगिसकेका थिए। पछिल्लोपटक उनीहरूबाट बरामद गरिएको हिरोइनको बजार मूल्य ८ लाख रुपैयाँभन्दा बढी छ। बरामद नगद रकम लागुऔषध बेचेर संकलन गरिएको खुलेको छ।

बरियारपट्टी गाउँपालिका–३ बाट औरही गाउँपालिका–२ निवासी २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज राई पनि खैरो हिरोइनसहित पक्राउ परेका छन्। उनीहरूको साथबाट ७१० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीको भनाइ छ।

त्यस्तै, हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा सिरहा नगरपालिका–२ का सञ्जय कारकलाई पक्राउ गरिएको छ। उनको साथबाट १६ लाख ३८ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरिएको छ।

सिरहा प्रहरीले सबै पक्राउ परेकाहरूलाई आइतबार सार्वजनिक गर्दै थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *