
श्रेणी : प्रदेश
काठमाडौं,०४ जेेठ । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी मन्त्री नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका सांसद् रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका हुन् ।
यसअघि भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाएका थिए । विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नाउपाको मन्त्रीको एक कोटा खाली थियो । सोही रिक्त कोटामा उनी नियुक्त भएका हुन् । उनको साँझ ५ बजे शपथग्रणको तयारी छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरित संसदीय दलले मन्त्रीमा रामेश्वरको नाम सिफारिस गरेको थियो । रञ्जिताको कैलाश चौधरीलाई मन्त्री बनाएर पठाउन निर्देशन दिएपनि उनी मन्त्री बनेनन् ।


प्रतिक्रिया