वीरगन्ज :

दुर्गा प्रसाईंलाई हिरासतमा थप ४ दिन राख्न अदालतको अनुमति

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
3.0kViews
1850 Shares

काठमाडौँ,०४ जेठ । राज्यविरुद्धको अभियोगमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

चैत १५ गते राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा मुख्य भूमिका खेलेको आरोपमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो।

आइतबार उनलाई थप अनुसन्धानका लागि अदालतमा उपस्थित गराउँदै म्याद थपको माग गरिएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, अदालतले राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी राख्न चार दिनको थप समय दिएको हो।

प्रसाईंमाथि प्रदर्शनको नाममा सार्वजनिक शान्ति भंग गर्ने र उक्साहटपूर्ण गतिविधिमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *