वीरगन्ज :

ठोरीमा भारतीय प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.1kViews
1510 Shares

सेढवा,०४ जेठ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले आज प्रतिबन्धित भारतीय ब्रोइलर कुखुरा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक आनन्द खनालको नेतृत्वमा गएको गस्ती टोलीले ठोरी गाउँपालिका वडा नम्बर पाँचको ओरिया खोला नजिकबाट बीस वटा भारतीय प्रतिबन्धित ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको हो।

बरामद गरिएको कुखुरालाई ठोरी गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष अष्टबहादुर लोप्चन, प्रहरी चौकी सुवर्णपुरका प्रतिनिधि, पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय भद्रभलादमी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *