वीरगन्ज :

प्रसौनीभाठाबाट तस्करी हुँदै गरेको मकै र ट्रयाक्टर नियन्त्रणमा, सुरक्षाकर्मीको संलग्नता उजागर

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.1kViews
1076 Shares

वीरगंज । मधेस प्रदेशको प्रसौनीभाठा नाकाबाट तस्करी हुँदै गरेको २ लाख ५८ हजार ४ सय रुपैया बराबरको मकै र ११ लाख बराबरको ट्रयाक्टर गरि कुल १३ लाख ५८ हजार ४ सय रुपैया बराबरको भन्सार छलीको समान छिनमास्ता बाहिनीको टोलीले नियन्त्रणमा लिएको छ। उक्त मकै अवैध रूपमा नेपालबाट भारततर्फ तस्करी गर्ने क्रममा नियन्त्रणमा लिइएको हो।

सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेश छिन्नमस्ता बाहिनीबाट गएको टोलीले मकै नियन्त्रणमा लिएको थियो । पर्साको बिन्दबासिनी गा.पा – ५ प्रसौनीभाठाको इदगाह र खानेपानीटंकी नजिकबाट बुधबार राती करिब १ बजे नियन्त्रण लिएको हो ।

स्थानीय सशस्त्र प्रहरी बल बिओपी प्रसौनीभाठाका सशस्त्र प्रहरी निरीक्षक सन्जीप बानियाँ र प्रहरी चौकी प्रसौनीभाठाका वरिष्ठ सई गौरव जंग सिंहको तस्करहरूसँग मिलेमतोमा तस्करी भइरहेको खुलासा भएको छ ।

श्रोतका अनुसार उनीहरूले तस्करहरूलाई ‘लाइन’ खुला गरेर अवैध कारोबार सहज बनाइदिँदै आएका थिए। स्रोतका अनुसार, प्रसौनीभाठा नाकाबाट भइरहेको तस्करीमा सशस्त्र प्रहरी निरीक्षक सन्जीप बानियाँको संलग्नता रहेको पुष्टी भएपछि उनलाई छानबिनका लागि महोत्तरीको बर्दिवासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको थियो। बानियाँलाई छिनमस्ता बाहिनीका तत्कालीन डिआइजी कालिदास धौवजीले बाहिनीमा तानेका थिए । तर, इन्स्पेक्टर बानियाँले विभिन्न शक्ति केन्द्रहरूबाट दबाब गराएर कारबाहीबाट जोगिएको थियो । बानियाँ शक्तिकेन्द्रको आडमा कारबाहीबाट जोगिएपछि फेरि बिओपी प्रसौनीभाठामा आउन सफल भए।  तस्कर समूहहरूलाई सशस्त्र प्रहरी निरीक्षक बानियाँले ‘लाइन’ दिएर नाका पार गराइदिने, समय र मार्ग तय गरिदिने, निगरानी खुकुलो बनाउनेजस्ता सहयोग गरेको आरोप स्थानिय स्रोतले लगाएका छन् । स्रोतहरूका अनुसार दर्जनभन्दा बढी तस्करीमा संलग्न गिरोहसँग इन्स्पेक्टर बानियाँको मिलेमतो रहेको आरोप छ। इन्स्पेक्टर बानियाँ यसअघि पनि विवादास्पद रहँदै आएका छन्। भिस्वा बन्जारी बिओपीमा इन्चार्ज रहँदा तस्करी संलग्नताका कारण कार्य अवधि समाप्त हुनु अघि नै तानिएको थियो।

अहिले उक्त घटनाबारे थप अनुसन्धान भईरहेको छ भने संलग्न व्यक्तिहरूमाथि विभागीय कारबाही हुने संकेत सुरक्षा निकायले दिएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी र तस्करबीचको मिलेमतो उजागर गरेको छ, जसले गर्दा सीमा सुरक्षाको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

छिन्नमस्ता बाहिनीका डिआइजी कृष्ण ढकालले नियन्त्रणमा लिइएको सामान भन्सार बुझाइसकिएको जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *