
श्रेणी : अर्थ
काठमाडौं,०१ जेठ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदनले प्रदेश सरकारहरूको वित्तीय अनुशासनमा फरक चित्र प्रस्तुत गरेको छ। आर्थिक वर्ष २०७९/८० का लेखापरीक्षण नतिजामा मधेश प्रदेश सबैभन्दा बढी बेरुजु देखिएको प्रदेश बनेको छ भने बागमती प्रदेशमा सबैभन्दा कम बेरुजु देखिएको छ।
महालेखाका अनुसार, प्रदेश सरकारहरूको औसत बेरुजु १.३६ प्रतिशत रहेको छ। तर, मधेश प्रदेशको बेरुजु यो औसतभन्दा झण्डै दोब्बर २.५७ प्रतिशत पुगेको छ। यसै विपरीत, बागमती प्रदेशमा बेरुजु सबैभन्दा कम ०.८२ प्रतिशत मात्र देखिएको छ, जुन अन्य प्रदेशहरूसँग तुलना गर्दा सकारात्मक संकेतका रूपमा लिइएको छ।
स्थानीय तहहरूतर्फ पनि लेखापरीक्षण गरिएको रकमको तुलनामा २.२६ प्रतिशत बेरुजु देखिएको छ। महालेखाका अनुसार, ६९२ स्थानीय तहमा ५ प्रतिशतभन्दा कम बेरुजु रहेको छ भने ६८ स्थानीय तहमा ५ देखि १५ प्रतिशतबीच बेरुजु देखिएको छ।


प्रतिक्रिया