वीरगन्ज :

पर्सागढीमा भूमि आयोगको समीक्षा बैठक सम्पन्न,समन्वय अभाव मुख्य चुनौती

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.6kViews
1348 Shares

बीरगन्ज,३१ वैशाख । भूमि समस्या समाधान आयोग पर्साका प्रमुख तबरेज अहमदको अध्यक्षतामा एक समीक्षा बैठक सम्पन्न भएको छ । जसमा आयोगले पर्सागढी क्षेत्रमा नापजाँचका लागि खटाइएका सर्भेक्षक, अमिन तथा अन्य प्राविधिक कर्मचारीहरूको एक महिनाको कार्यको मूल्याङ्कन गरेको छ।

बैठकमा पर्सागढी नगरपालिका क्षेत्रका विभिन्न वडाहरूमा गरिएको नापजाँच, तथ्यांक संकलन र अभिलेख व्यवस्थापन प्रक्रियाबारे विस्तृत छलफल भएको थियो। समिक्षामा कार्यको प्रगति सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै, तत्काल आवश्यक सुधारका उपायहरूबारे निर्णय लिइएको छ।

बैठकले सरोकारवाला सबै पक्षहरूको सहकार्यबिना समस्या समाधान सम्भव नरहेको ठहर गर्दै, निम्न निकाय तथा पदाधिकारीहरूको सहभागितामा यथासिघ्र संयुक्त बैठक आयोजना गर्नु अनिवार्य भएको उल्लेख गरेको छ ।

पर्सागढी नगरपालिकाका नगर प्रमुख,उप–प्रमुख,प्रमुख प्रशासकीय अधिकृत,जिल्ला भूमि समस्या समाधान आयोग वडा नं। ९, २ र १ का वडा अध्यक्षहरू,सम्बन्धित वडा सचिवहरू प्रमुख तबरेज अहमदले बैठकमा भनाइ दिंदै भने, “भूमि आयोगको उद्देश्य स्थानीयको भूमि अधिकार सुनिश्चित गर्नु हो। त्यसका लागि सबै तहको सहकार्य, स्पष्ट अभिलेख र प्रभावकारी सेवा प्रणाली आवश्यक छ।”

बैठकमा देखिएका प्रमुख समस्याहरूमा अभिलेख अभाव, नापजाँचमा ढिलाइ, स्थानीय तहसँग समन्वयको कमी र जनगुनासो प्रमुख थिए। आयोगले अबका दिनमा नापजाँच कार्यलाई अझ प्रभावकारी, पारदर्शी र द्रुत गतिमा अघि बढाउने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *