श्रेणी : प्रदेश
      2.2kViews
      
      
      1981
      Shares
      
      
पोखरा, ३१ वैशाख । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो भएको नगर बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्।
पुम्दिकोटबाट पोखरातर्फ गइरहेको ग १ ख ३८८६ नम्बरको बस अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको कास्की जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। बसमा २६ जना सवार थिए।
प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ। कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए अनुसार, गम्भीर घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटनाको प्रारम्भिक अनुसन्धानमा बस अनियन्त्रित भई सडकबाट तल पल्टिएको पाइएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर उद्धार कार्य सम्पन्न गरिसकेको छ र थप अनुसन्धान भइरहेको बताइएको छ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया