वीरगन्ज :

विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

श्रेणी : समाचार

2 years
birgunj report
105Views
0 Shares


काठमाडौं । भदौ २ गते
चितवन, नवलपरासी (पूर्व), झापा र ताप्लेजुङमा चार जना मृत अवस्थामा फेला परेका छन् । चितवनको भरतपुर महानगरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ मजुवास्थित खकरा खोलाको दहमा हाल पहिचान नखुलेका पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । झापाको कन्काई नगरपालिका–५ तारघेरास्थित सडकमा सोही ठाउँ बस्ने २९ वर्षीया सनती मुर्मु बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ नाङ्गेजन डाँडा बस्ने ४५ वर्षीया कमला लाम्गादे आफ्नै घर नजिकको कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *