वीरगन्ज :

बीरगन्जमा बसको ठक्कर साइकल यात्री गम्भीर घाइते

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.8kViews
1478 Shares

बीरगन्ज,३० वैशाख । बीरगन्जको भिस्वा प्रणामी मन्दिर चौक नजिक आज दिउँसो भएको सवारी दुर्घटनामा एक साइकल यात्री गम्भीर घाइते भएका छन्। ती व्यक्ति सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको बसले ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनापछि घाइतेलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। तर, हालसम्म घाइतेको नाम र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बा ४ ख ३९३५ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिए पनि बस चालक भने घटनापछि फरार भएका छन्। इलाका प्रहरीले चालकको खोजी तीव्र रूपमा गरिरहेको छ।

यस घटनाले स्थानीय बासिन्दाहरूमा सवारी सुरक्षाप्रति चिन्ता बढाएको छ। उनीहरूले उक्त क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधार गर्न माग गरेका छन्, किनभने यो स्थानमा यस्ता दुर्घटना बारम्बार हुँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *