वीरगन्ज :

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
1.9kViews
1512 Shares

दाङ । दाङमा श्रीमानको हत्या आरोपमा एक श्रीमती पक्राउ परेकी छिन्। ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनलाई सोमबार राति पक्राउ गरिएको हो। घरायसी विवादको क्रममा संगीताले दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *