वीरगन्ज :

मकवानपुरमा हराएको ट्रक जंगलमा फेला

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.8kViews
1770 Shares

काठमाडौं,२४ बैशाख । मकवानपुरको मनहरीबाट हराएको ट्रक फेला परेको छ । मनहरी गाउँपालिका-७ रमनटारस्थित सोही स्थान बस्ने २६ वर्षीय ट्रक चालक सोमबहादुर थिङले आफ्नै घर नजिक पार्किङ गरी राखेको ना ६ ख ३६६१ नम्बरको ट्रक हराएको थियो ।

ट्रक पार्किङ गरी राखेको ठाउँबाट हराएको भन्दै चालक थिङले प्रहरीमा उजुरी दिएका थिए । चालकको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका-९ रजैयास्थित पूर्वपश्चिम सडक खण्डको जंगलमा बेवारिसे अवस्थामा फेला पारेको हो ।

बिहान करिब ८ बजेको समयमा हराएको ट्रक बुधबार दिउँसो २ बजे फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक किन र कसले चलाएर उक्त स्थानमा पुर्‍याएर छाडेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेला परेको ट्रक धनी बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ बस्ने सुरज देवकोटाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *