वीरगन्ज :

बैंकिङ कसुरमा दोषी ठहरिएका अमित अग्रवाल पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
2.0kViews
1657 Shares

काठमाडौं,२४ वैशाख । बैंकिङ कसुरमा अदालतले दोषी ठहर गर्दै एक करोड ५० लाख रुपैयाँ जरिवाना तोकेको व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० निवासी ४७ वर्षीय अमित अग्रवाल रहेका छन्।

उनीमाथि गत वर्ष जेठ २२ गते बैंकिङ कसुरसम्बन्धी मुद्दामा ३० दिन कैदसहित १ करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो। त्यसबाहेक उनलाई चेक अनादारसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा क्रमशः ३ हजार र ४ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

लामो समयदेखि फरार रहेका अग्रवाललाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको प्रहरी परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।

अदालतको फैसलापछि समेत फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न थालेको सन्देशस्वरूप यस घटनालाई लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *