वीरगन्ज :

बीरगन्ज–३१ मा ३५ दिने कम्प्युटर तालिम सम्पन्न

श्रेणी : मधेस

3 months
Pradeep Sah
1.8kViews
1574 Shares

बीरगन्ज,२१ वैशाख । बीरगन्ज महानगरपालिका–३१ सोलखपुरमा ३५ दिने कम्प्युटर तालिम सम्पन्न भएको छ। वडा कार्यालय र श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय सोलखपुरको संयुक्त आयोजनामा सञ्चालित तालिममा कक्षा ११ र १२ का ३५ जना छात्रछात्राले सहभागिता जनाएका थिए।

वडा कार्यालयको आर्थिक सहयोगमा सम्पन्न तालिमको समापन वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा भयो। समापन समारोहमा बोल्दै अध्यक्ष यादवले यस्ता प्राविधिक तालिमहरू युवालाई आत्मनिर्भर बनाउने सशक्त माध्यम भएको बताए। उनले कम्प्युटर तालिम आजको आवश्यकता भएको उल्लेख गर्दै आगामी दिनमा कम्प्युटर ल्याब स्थापना र थप तालिमका लागि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक राजु मालीले विद्यार्थीहरूलाई तालिमबाट प्राप्त सीपलाई व्यवहारिक जीवनमा उपयोग गर्न प्रेरणा दिएका थिए। साथै, विद्यालयमा कम्प्युटर विषयलाई अनिवार्य बनाएर स्थायी ल्याब स्थापनाका लागि वडाको सहयोग आवश्यक रहेको सुझाव पनि दिए।

तालिममा मधेश स्किल तालिम इन्स्टिच्युटका प्रशिक्षक धीरज शाह र सन्तोष चौधरीले प्रशिक्षण दिएका थिए।

समापन कार्यक्रममा वडा सदस्य वीरेन्द्र राय थारु, अमरुल हसन, मुरमती पासवान, समाजसेवी बालेश्वर गौरव, शिक्षक सुजन ढुंगेल, अभिभावक संघ अध्यक्ष शेष फैयाज, रामाकान्त चौधरी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *