वीरगन्ज :

जसपा नेपालको बारा अधिवेशनमा तनाव, तालाबन्दीसहित कार्यक्रम अवरुद्ध

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.1kViews
1277 Shares

बीरगन्ज,१५ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको बारा जिल्ला अधिवेशनमा तनाव उत्पन्न भएको छ। समाजवादी युवा संघ, नेपाल र समाजवादी विद्यार्थी युनियन, नेपालका सदस्यहरूले आइतबार कार्यक्रमस्थलमा तालाबन्दी गर्दै अधिवेशन अवरुद्ध गरेका हुन्।

युवाहरूले अधिवेशनस्थलमा भएका अभद्र र अपमानजनक व्यवहारका दोषीहरूलाई कारवाही गर्न र विद्यार्थी तथा युवा संगठनका १५ जनालाई जिल्ला कार्यसमितिमा समावेश गर्न माग गर्दै आन्दोलन थालेका छन्।

समाजवादी युवा संघका केन्द्रीय सचिव ओमप्रकाश यादव (मनिष)ले आन्दोलनको नेतृत्व गर्दै युवाहरूको मागको प्रष्ट रूपमा समर्थन जनाए। “४० वर्ष वा ३० वर्ष भन्ने छैन, पार्टीको भातृ संगठनबाट आएका साथीहरूलाई सम्मानपूर्वक जिल्ला कार्यसमितिमा समावेश गरिनुपर्छ,” यादवले भने। उनले साथीहरूसँग दुर्व्यवहार गर्नेहरूलाई कारवाहीको माग समेत राखे।

युवाहरूले जिल्ला कार्यसमितिको पदाधिकारीमा १ जना, कार्यकारिणी सदस्यमा ५ जना र सदस्यतर्फ ९ जनालाई समावेश गर्नुपर्ने अडान राखेका छन्।

आज सोमबार ११ बजेका लागि तोकिएको मनोनयन प्रक्रिया पनि विवादका कारण प्रभावित भएको छ। आन्दोलनरत युवाहरूले माग पूरा नभएसम्म अधिवेशन अघि नबढ्न दिने बताएका छन्। विवादको टुंगो लागेपछि मात्र अधिवेशन सञ्चालन गरिने उनीहरूले स्पष्ट पारेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *