वीरगन्ज :

हेटौंडामा बसको ठक्करले पैदल यात्रीको मृत्यु

श्रेणी : अपराध

3 months
Pradeep Sah
2.5kViews
1234 Shares

हेटौंडा,१५ वैशाख । पूर्वपश्चिम लोकमार्गमा भएको एक दुखद सडक दुर्घटनामा पैदल यात्राको ज्यान गएको छ। हेटौंडा उपमहानगरपालिका–८ स्थित सडकखण्डमा आइतबार राति पौने १२ बजे यात्रुबाहक बसको ठक्करबाट ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको हो।

पोखराबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक बसले पर्सा सखुवा पर्सौनी गाउँपालिका–३ कटैयाका अन्सारीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका अन्सारीको उपचारको क्रममा सोमबार बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृतक अन्सारी ना ५ ख ८६६८ नम्बरको ट्रकका धनी थिए। ट्रक बिग्रिएपछि मिस्त्री बोलाएर मर्मत गराई, त्यसपछि पैदल रूपमा मिस्त्री र आवश्यक सामान पुर्‍याउन जाँदै गर्दा उनलाई बसले ठक्कर दिएको हो।

ठक्कर दिएर बस लिएर भागेका चालक, उदयपुर कटारी नगरपालिका–२ निवासी ३९ वर्षीय युवराज माझीलाई प्रहरीले अमलेखगन्जबाट नियन्त्रणमा लिएको छ। अहिले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *