वीरगन्ज :

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्ने अनुमति

श्रेणी : BANNER

11 months
Pradeep Sah
3.1kViews
1666 Shares

काठमाडौ,१५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईंलाई थप सात दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित २५ जनामाथि अनुसन्धान जारी रहेको भन्दै प्रहरीले म्याद थपको माग गरेको थियो। जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (६) अनुसार थप ७ दिनको म्याद दिएको हो।

साथै, अदालतले दुर्गा प्रसाईं र रविन्द्र मिश्र दुबैको स्वास्थ्य अवस्था कमजोर भएको उल्लेख गर्दै आवश्यक स्वास्थ्य उपचारको उचित व्यवस्था गर्न प्रहरी प्रशासनलाई निर्देशन पनि दिएको छ। प्रतिवादी पशुपति खड्काको हकमा समेत यस्तै व्यवस्था गर्न आदेशमा भनिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *