वीरगन्ज :

पोखरिया नगरपालिकामा आज सार्वजनिक बिदा

श्रेणी : मधेस

6 months
Pradeep Sah
1.8kViews
1235 Shares

बीरगन्ज,१४ वैशाख । पर्साको पोखरिया नगरपालिकामा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । वडा नं. २ की महिला सदस्य उर्मिला गिरीको शनिबार निधन भएपछि नगरपालिकाले श्रद्धाञ्जलीस्वरूप बिदा दिएको हो।

नगरपालिका प्रमुख प्रद्युमन चौहानले एक शोक विज्ञप्ति जारी गर्दै गिरीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नगरप्रमुखले स्व. गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

विज्ञप्तिमा आज नगरपालिकाका सबै वडा कार्यालय, सेवा केन्द्र तथा इकाइहरू बन्द रहने उल्लेख गरिएको छ।

उर्मिला गिरीको निधनले पोखरिया नगरपालिका स्तब्ध बनेको छ। नगर विकासका क्रममा सक्रिय भूमिका निर्वाह गर्दै आएकी जनप्रतिनिधिको असामयिक बिदाइले सबैलाई मर्माहत बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *