वीरगन्ज :

रौतहटमा भन्सार छलीका दुई लाखभन्दा बढीको सामान बरामद

श्रेणी : अपराध

8 hours
Pradeep Sah
2.2kViews
1704 Shares

रौतहट,०९ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी चेकिङ टोलीले जिल्लाको विभिन्न स्थानबाट दुई लाख रुपैयाँबढी मोटरसाइकलसहित भन्सार छलीका सामान बरामद गरेको छ ।

गत आइतबार विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भारतबाट भन्सार छली चारी पैठारी गरी नेपालतर्फ भित्र्याउँदै गरेको दुई लाख ३७ हजार ८ सय ८५ रुपैयाँ बराबरको एउटा मोटरसाइकल र विभिन्न किरानाका सामान, कपडा र रक्सीलगायतका सामानहरु नियन्त्रणमा लिएको मंगलबार जारी गरिएको सूचनामा जनाइएको छ । नियन्त्रित मोटरसाइकल र सामान आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *