
श्रेणी : मधेस
बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अहिले जारी रहेको छ। बीरगन्जस्थित कन्ट्री इन पार्टी प्यालेसमा मंगलबार बिहान ८ः३० बजेबाट सुरु भएको मतदान दिउँसो २ बजेसम्म सञ्चालन हुने बताइएको छ।
अध्यक्ष मण्डलका संयोजक तथा एमाले मधेस प्रदेशका उपाध्यक्ष विचारी यादवका अनुसार, नेतृत्व चयनका लागि चैत ३० गते नै उम्मेदवारी दर्ता भए पनि विविध कारणले गर्दा सो दिन मतदान हुन सकेको थिएन।
महानगर कमिटीको अध्यक्ष पदमा अहिले सुन्दर कुर्मी र नवराज शर्मा बीच कडा प्रतिस्पर्धा देखिएको छ। यस्तै, उपाध्यक्ष, सचिव, सहसचिवसहित ८३ पदका लागि मतदान भइरहेको छ।
कूल २५६ जना प्रतिनिधिहरूले मतदानमा सहभागी हुने जानकारी अध्यक्ष मण्डलका संयोजक यादवले दिएका छन्। मतदान शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ भने मतगणना र परिणाम आजै साँझ सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया