वीरगन्ज :

शिक्षक आन्दोलनमा घुसपैठको आशंका, एक जना नियन्त्रणमा

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.0kViews
1144 Shares

काठमाडौँ, ८ वैशाख । काठमाडौंमा २० दिनदेखि जारी शिक्षक आन्दोलनमा घुसपैठको आशंकामा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीले ‘नागरिक पहिलो अभियान’ का अभियन्ता सनोज महतलाई शान्तिपूर्ण आन्दोलनमा प्रवेश गरी उत्तेजनापूर्ण गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएको हो।

शिक्षकहरूले बताएअनुसार महतले राष्ट्रिय झण्डा, अभियानको लोगो सहितको पोशाकमा आन्दोलनस्थलमा प्रवेश गरेर हुलदंगा गर्न खोजेका थिए। उनले केही शिक्षकमाथि हातपात गरेपछि उनीहरूद्वारा नियन्त्रणमा लिइएको र प्रहरीको जिम्मा लगाइएको हो।

नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य कुमार बजगाईंका अनुसार, “शान्तिपूर्ण आन्दोलनमा घुसपैठ प्रयास भइरहेको पाइयो, जुन निकै गम्भीर विषय हो। यस्तो कार्यलाई हामीले प्रतिकार गर्नैपर्छ।”

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराले आन्दोलनमा घुसपैठ भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको बताए।

शिक्षकहरूले चेतावनी दिँदै भनेका छन् कि आन्दोलन बिथोल्ने प्रयास अब सह्य नहुने र विद्यार्थी, अभिभावकदेखि शिक्षकसम्मको एकताले त्यस्ता प्रयासको प्रतिरोध गर्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *