वीरगन्ज :

तीनकुने घटनामा पक्राउ परेका राप्रपा महामन्त्री राणा रिहा

श्रेणी : प्रदेश

7 hours
Pradeep Sah
2.3kViews
1852 Shares

काठमाडौं, ८ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शमशेर राणा हाजिरीमा रिहा भएका छन्। चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान गएको दंगामा संलग्न रहेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार राणालाई मुखमा क्यान्सर भएको भागमा समस्या देखिएपछि स्वास्थ्य अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै श्रीमतीको जिम्मा दिइएको हो। प्रहरीका अनुसार आइतबार राति नै उनलाई घरमै राख्न श्रीमतीको जिम्मा लगाइएको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले तीनकुने घटनापछि पक्राउ परेका महामन्त्री राणाको स्वास्थ्य स्थिति बुझेर गरिएको रिहाइ सकारात्मक कदम भएको बताए।

उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका नेताहरूलाई अझै पनि हिरासतमा राखिनु अन्यायपूर्ण र अनुचित भएको बताए। साथै उनले राजनीतिक आस्थाका आधारमा थुनामा राखिएका सबैलाई बिना सर्त रिहा गर्न सरकारसमक्ष माग राखेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *