वीरगन्ज :

सशस्त्र प्रहरीद्वारा आगलागी जोखिम न्यूनीकरणका लागि सचेतना अभियान सुरु

श्रेणी : मधेस

1 year
Pradeep Sah
2.1kViews
1569 Shares

जनकपुर,०७ वैशाख । नेपाल र भारत सिमाना नजिक रहेका गरिब, विपन्न र दलित समुदाय बसोबास गर्ने बस्तीहरूमा सशस्त्र प्रहरीले आगलागी न्यूनीकरणका लागि जनचेतनामूलक अभियान सञ्चालन गरेको छ। गर्मीयाममा बारम्बार आगलागीको घटना हुने मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछीको मुस्लिम बस्तीबाट अभियानको थालनी गरिएको हो।

१८औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वा, महोत्तरीका टोलीले आगलागी रोकथाम तथा नियन्त्रण सम्बन्धी सीपहरू सर्वसाधारणलाई प्रशिक्षण दिँदै आएका छन्। ०८१ बैशाख १२ गते सोही बस्तीमा ठूलो आगलागी भएर बस्ती जलेको घटनालाई ध्यानमा राख्दै, सशस्त्र प्रहरीले बासिन्दालाई घरघरमा अनिवार्य रूपमा बाल्टीमा पानी राख्न, खाना पकाएपछि आगो पूर्ण रूपमा निभाउन, विद्युत् तार हटाउन र पशु चौपायाका लागि बालिएको आगो सुत्नुअघि निभाउन आग्रह गरेको हो।

सशस्त्र प्रहरी उपरीक्षक पुरण चन्द्र भट्टका अनुसार, विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले साप्ताहिक रूपमा मटिहानीलगायतका उच्च जोखिमयुक्त सीमा क्षेत्रका बस्तीहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अभियानमार्फत आगलागीबाट हुने संभावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *