वीरगन्ज :

आन्दोलनले राजधानीमा जनजीवन प्रभावित, सडकमा सास्ती

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
1.7kViews
1273 Shares

काठमाडौँ,०७ वैशाख । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनका कारण राजधानी काठमाडौँको जनजीवन प्रभावित भएको छ। प्रदर्शनले प्रमुख सडकहरूमा सवारीसाधनको आवागमन अवरुद्ध हुँदा सर्वसाधारणले अत्यधिक सास्ती भोग्नुपरेको छ।

विशेष गरी कार्यालय समयमै आन्दोलन भएपछि दैनिक काममा हिँडडुल गर्ने कर्मचारी, विद्यार्थी र बिरामीहरू अलपत्र परेका छन्। माइतीघरदेखि नयाँबानेश्वरसम्मको क्षेत्रमा राप्रपाले प्रदर्शन गरेपछि ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार आन्दोलनका कारण नियमित रुटहरू प्रभावित भएपछि सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। उनले भने, “भीडको कारण सवारी व्यवस्थापन गर्न समस्या भयो, हामीले आवश्यकतानुसार रुट परिवर्तन गरेर सवारी चलाएका हौं।”

बिजुलीबजार पुल आसपासमा राप्रपाले निषेधित क्षेत्रमा भेला गर्ने तयारी गरेपछि सुरक्षालाई ध्यानमा राख्दै माइतीघर, बबरमहल, र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा अस्थायी रोक लगाइएको थियो।

शिक्षक आन्दोलन १९ दिनदेखि जारी छ भने आज राप्रपाले समेत प्रदर्शनमा उत्रिएपछि राजधानीको सडक झन् अस्तव्यस्त बनेको हो। यस्ता प्रदर्शनहरूका कारण ट्राफिक जाम बढ्दा सर्वसाधारणलाई अत्यधिक असुविधा भएको छ।

सुरक्षाका लागि ती क्षेत्रमा तारबार लगाइएको छ र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *