वीरगन्ज :

हिजाे भएकाे बीरगन्ज झडपमा २ राउन्ड हवाई फायर र १४५ राउन्ड अश्रुग्याँस : प्रमुख जिल्ला अधिकारी अर्याल

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.4kViews
1664 Shares

बीरगन्ज,३१ चैत । पर्साको बीरगन्जमा शनिबार दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन स्थानीय प्रशासनले १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीहरूले बल प्रयोग गर्नुपरेको जानकारी दिएका हुन्। उनले झडपमा २५ सुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते भएको बताए।

‘स्थिति तनावपूर्ण थियो,’ अर्यालले भने, ‘हामीले १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गर्नुपर्‍यो।’
उनका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने कर्फ्यु उल्लंघन गर्ने केही व्यक्तिहरूलाई नियन्त्रणमा पनि लिइएको छ।

शनिबार दिउँसो दुई समुदायबीच भएको झडपपछि वीरगञ्जमा स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि प्रशासनले शनिबार साँझ ७:३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो।

तर अवस्था अझै पूर्ण रूपमा सामान्य नभएको भन्दै कर्फ्युलाई चैत ३१ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरिएको प्रजिअ अर्यालले बताए। कर्फ्यु पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू गरिएको छ।

‘आज राति १२ बजेसम्म कर्फ्यु जारी राखिएको छ,’ अर्यालले भने, ‘त्यसपछि स्थिति विश्लेषण गरेर आवश्यक निर्णय लिनेछौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *