वीरगन्ज :

वीरगन्जमा दुई समुदायबीचको झडप समाधानका लागि सर्वपक्षीय बैठक

श्रेणी : BANNER

10 months
Pradeep Sah
3.0kViews
1498 Shares

बीरगन्ज,३१ चैत । शनिबार वीरगन्जको छपकैया क्षेत्रमा दुई समुदायबीच भएको विवाद समाधानका लागि पर्सा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ। हनुमान जयन्तीको अवसरमा आयोजित शोभायात्राका क्रममा उत्पन्न तनाबपछि स्थानीय प्रशासनले सबै सरोकारवालाहरूसँग छलफल गर्न बैठक डाकेको हो।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार बिहान १०:३० बजेबाट बैठक सुरु हुने जानकारी दिएको थियो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बैठकका लागि बोलाइएका विभिन्न राजनीतिक दल, समुदाय प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति थालिइसकेको छ।

शनिबार साँझ भएको झडपपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले सोही दिन साँझ ६:३० बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले सुरक्षाको लागि नेपाली सेना समेत परिचालन गरिएको छ।

झडप हनुमान जयन्तीको शोभायात्राका क्रममा उत्पन्न भएको हो। एक पक्षले शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको आरोप लगाए भने अर्का पक्षले मस्जिदबाट ढुङ्गा प्रहार भएको दाबी गरेका छन्। दुवै पक्षका आरोप–प्रत्यारोपबीच स्थिति तनावपूर्ण बन्दै गएपछि प्रशासनले कर्फ्यु र बैठकमार्फत शान्ति र सहमतिको प्रयास थालेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *