वीरगन्ज :

वर्षाले किसानलाई राहत र चिन्ता दुबै

श्रेणी : कृषि

8 months
Pradeep Sah
3.0kViews
1818 Shares

बीरगन्ज,२८ चैत्र । लामो समयको खडेरीपछि परेको वर्षाले तराई–मधेसदेखि पर्वतसम्मका किसानलाई राहत दिएको छ। वर्षाले सुख्खा माटोमा जीवन सिञ्चन गरे पनि गहुँ भित्र्याउने समयमा वर्षा भएपछि केही किसान भने चिन्तित बनेका छन्।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, सिमराका अनुसार आज बिहान पर्सामा ७२ मिमि र बारामा ८.५ मिमि वर्षा मापन गरिएको छ।

बीरगन्ज महानगरपालिका–२१ का किसान शिवहरि पटेलले वर्षाले चैते धानका लागि फाइदा पुगेको बताउँदै भने, “खडेरीले फसल सुक्न लागेको थियो, अहिले केही राहत महसुस भएको छ।”

यता, बीरगन्ज–२४ की कृषक सितासमा चौहानले तरकारी खेती गर्न वर्षाले सहजता ल्याएको बताइन्। पर्सामा ४७ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ।

पर्वतमा पनि ६ महिनाको खडेरीपछि आएको वर्षाले कृषकहरूलाई हर्षित बनाएको छ। कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीका अनुसार वर्षा नभएकाले गहुँ, आलु, जौ, फापरलगायतका बालीमा ४० प्रतिशतसम्म उत्पादन ह्रास आएको छ।

तर वर्षा गहुँ भित्र्याउने समयमा परेको हुँदा केही किसान भने चिन्तामा छन्। बगही बाराका किसान मदन पण्डितका अनुसार भित्र्याउन लागेको गहुँ भिजेपछि उत्पादनमा क्षति हुने आशंका बढेको छ।

हाल देशभर हावाहुरीसहित वर्षा भइरहेको छ, जसले कतै राहत, कतै असर पुर्‍याइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *