वीरगन्ज :

पर्सागढीमा आगलागीले घर जलेर नष्ट

श्रेणी : अर्थ

5 months
Pradeep Sah
1.9kViews
2001 Shares

बीरगन्ज,२८ चैत । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–९ स्थित एकटाङ्गामा बिहानै भएको आगलागीले एक परिवारको घर पूर्ण रूपमा खरानी बनाएको छ। आगलागीमा परेर ८ वटा बाख्रा समेत जलेर मरेका छन् भने झण्डै ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

सुरेश यादवको घरमा बिहान ६:२० बजे आगो लागेको हो। इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक नवराज घिमिरेका अनुसार खाना पकाउने क्रममा चुल्होबाट निस्किएको आगो नजिकैको भुसमा सल्किँदै फैलिएको हो।

आगो नियन्त्रणका लागि पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाबाट बारुण यन्त्र (दमकल) पठाइएको थियो। स्थानीयवासी र प्रहरीको सक्रिय सहयोगमा करिब १ घण्टा ३० मिनेटपछि, बिहान ७:५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।

प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आगलागीमा घर पूर्ण रूपमा जलेको छ। साथै घरभित्र रहेका धान, चामल, गहुँ, लत्ताकपडा, सुन–चाँदीका गरगहना र अन्य सामग्री नष्ट भएका छन्।

घटनामा मानवीय क्षति नभए पनि ठूलो आर्थिक क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *