वीरगन्ज :

बीरगन्जमा लागुऔषधसहित तीन जना पक्राउ

श्रेणी : अपराध

1 week
Pradeep Sah
2.2kViews
1373 Shares

बीरगन्ज,२७ चैत । लागुऔषध ओसारपसारमा संलग्न तीन जना व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरू भारततर्फ पैदल जाँदै गर्दा बीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले बताए।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३ का २९ वर्षीय पंचलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन्। प्रहरीको अनुसार, उनीहरू भारतको रक्सौलतर्फ शंकास्पद रूपमा गइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र ईनर्वा प्रहरी चौकीको संयुक्त टोलीले जाँच गर्दा ५ किलो ७५० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद भएको हो।

पंचलाल र मुकेश माझीले शरीरमा सेतो कपडाले बेरी टेपले बाँधेर गाँजा लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *